मिति २०८२ चैत्र २५ गते यस विद्यालयको नवगठित विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुवीचको संयुक्त वैठक सम्पन्न भएको छ । वैठकले आगामी शैक्षिक सत्र २०८३ को योजना, निवर्तमान अध्यक्ष मनोज घिमिरेद्वारा पद हस्तान्तरण लगायतका कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको वर्तमान अवस्थाका वारेमा प्रधानाध्यापक लोकनाथ ढकालले प्रष्ट पार्नुभएको थियो भने अध्यक्ष कुमार वस्नेतले निर्देशनात्मक भनाइ राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक प्रतिनिधि शशी पराजुलीले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहायक प्रधानाध्यापक उषा निरौलाले गर्नुभएको थियो ।








