
कार्यक्रम सारांश
कार्यक्रमका सहभागी विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाले करिडोरको प्राकृतिक, सांस्कृतिक र जैविक विविधताको विस्तृत अध्ययन तथा छलफल गरेका थिए। छलफलमा करिडोर संरक्षणका चुनौती, सम्भावना र संरक्षणका व्यवहारिक उपायहरूमा केन्द्रित वार्ता भएको थियो।
मुख्य उद्देश्यहरू
- सम्पदा तथा प्राकृतिक करिडोरबारे विद्यार्थीमा सचेतना जागृत गर्नु।
- स्थानीय स्रोत र पारिस्थितिक तन्त्रको पहिचान गरी संरक्षणका उपायहरू सुझाउनु।
- ‘एक विद्यालय — एक सम्पदा’ अभियानलाई व्यवहारिक रूपमा लागू गर्ने।
- विद्यार्थीहरूमा वातावरणीय जिम्मेवारी तथा नेतृत्व प्रवर्द्धन गर्नु।
प्रमुख परिणामहरू
- नन्दा करिडोरका विविध पक्षहरूको पहिचान र दस्तावेजीकरण।
- संरक्षणका लागि व्यवहारिक सुझावहरूको सङ्कलन।
- विद्यार्थीहरूमा प्रकृति–प्रति उत्तरदायित्व र सहभागिताको वृद्धि।
- भविष्यका कार्यक्रम र पहलहरूको रूपरेखा तय।
धन्यवाद तथा प्रतिबद्धता
यस कार्यक्रममा विद्यालय परिवार, प्रकृति बाल क्लबका सदस्य तथा स्थानीय सरोकारवालाको योगदान र सक्रिय सहभागिताले कार्यक्रमलाई थप सफल बनाएकोमा हार्दिक धन्यवाद व्यक्त गरिन्छ। क्लबले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरी स्थानीय स्तरमा सम्पदा र वातावरण संरक्षणमा योगदान पुर्याउने प्रतिवद्धता जनाएको छ।




